दुखहरण यादव
गढवा १६ चैत्र
सरकारले यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै चुनावको सरगर्मी बढेको छ । स्थानीय तहमा जनप्रतिनिधि बन्ने आकांक्षीहरुको बारेमा चोक,बजार,चिया पसलहरुमा चर्चा हुने गरेको छ । सरकारले आउने वैशाख ३० गते ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचनको मिति घोषणा गरिसकेको छ । अधिराज्य भरि पालिका प्रमुख,उपप्रमुख तथा वडाध्यक्ष तथा सदस्य पदको लागि विभिन्न राजनीतिक दलभित्र दौडधुप सुरु भएको छ ।
त्यहि परिबेशमा रहेर गढवा गाउपालिकामा पनि नेपालि काङ्ग्रेस बाट पालिकाको अध्यक्ष पदको पार्टीले मुल्यांकन गरेर टिकट दिए चुनाव लड्ने आकांक्षा रहेको आकांक्षिहरुको चर्चा परिचर्चा चल्न थालेका छ । भने पार्टीबाट टिकट पाउने वातावरण बनाउन आकांक्षीहरु स्थानीय तहमा कार्यकर्तासँग भेटघाट र अन्तरक्रीया बढाउन थालेका पाइएको छ । अहिले गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा गढवा गाउपालिकाको अध्यक्षपदको लागि आधा दर्जन भन्दा बढि आकांक्षी देखिएका छन् ।
यसरि देखिएका आकांक्षिहरुमा गढवा गाउपालिका वडा नं ५ निवासि अनुप कुमार थापाको नाम चर्चाको शिखरमा रहेको स्थानियहरु बताउछन । नेपालि काङ्ग्रेसको १४औं महाधिवेशन बाट महाधिवेशन प्रतिनिधिमा बिजयि भएका थापा पार्टिले मुल्यांकन गरेर आफुलाइ टिकट दिए जनता तथा पार्टिको हितानुकुल शतप्रतिशत परिणामको दिने प्रायस गर्ने बिचार राखे । ” म आफै अध्यक्ष लड्छु भन्दा पनि पार्टिको जिम्मेवार निकायले मौका दिनेमा आफु बिश्वस्त रहेको बताएका छन ।
त्यसै गरि गढवा गाउपालिकाको जनता माध्यामिक विद्यालयमा लामो समयसम्म अध्यापन गरेर लोकप्रियता हासिल गरेका तथा नेपालि काङ्ग्रेसको १४ औं अधिबेशन बाट प्रदेश प्रतिनिधिमा निर्बाचित भएका देव राज पाठक पनि गाउपालिकाको अध्यक्ष पदको आकांक्षि रहेको बुझिएको छ । चर्चा परिचर्चामा पाठकको नाम पनि अग्रस्थानमा आउछ ।सरकारले एकै चरणमा स्थानिय तहको निर्बाचन यहि बैशाख ३० गते गर्ने निर्णय संगै पाठकले गाउँ,टोलका नेता तथा कार्यकर्ता संग भेटघाट बाक्लो बनाएका छन भने स्थानिय तहको पार्टिको गतिबिधिमा सक्रिय देखिएको पाइएको छ । लामो समयसम्मा अध्यापन पेशामा बिताएका पाठक एक कुशल राजनीतिज्ञको रुपमा छबि बनाएका छन ।
नेपालि काङ्ग्रेस बाट गढवा गाउपालिकाको अध्यक्षमा अर्को चर्चित नाम हो श्रीपत चौधरी । श्रीपत चौधरी राजनितिक जिवनमा नेपालि काङ्ग्रेसको संगठन बिस्तारमा महत्वपुर्ण भुमिका निर्बाह गरेको चर्चित नेताको साथै नेपालि काङ्ग्रेसको १४औं अधिबेशन बाट क्षेत्र नं १ क को प्रदेस सभापतिमा चुनिएका हुन । स्थानिय चुनाव नजिकिए संगै अध्यक्षको उम्मेदवारमा चौधरीको नाम पटक पटक दोहोरि रहेको नाम हो । गत स्थानिय तहको निर्बाचनमा नेपालि काङ्ग्रेस बाट गढवा गाउपालिकाको अध्यक्षमा पराजय बेहोरेका श्रीपत चौधरीलाइ यस पटक गाउपालिकाको अध्यक्षमा पार्टीले टिकट दिएर जिताउन पाउदा चौधरीमाथि न्याय हुने चौधरीका समर्थकहरु बताउछन । गत निर्वाचनमा नेपालि काङ्ग्रेस बाट बागि उम्मेदवार उठ्दा श्रीपत चौधरी पराजय बेहोर्नु परेको थियो ।
आउदै गरेको स्थानिय चुनावमा आफुलाइ सबै भन्दा शसक्त र न्यायिक हिसाबले टिकट पाउनु पर्ने अर्का अध्यक्ष पदका उम्मेद्वार हुन सर्वजित डिसि । नेपालि काङ्ग्रेसको संगठन बिस्तार तथा हितको लागि सधै तत्पर रहेका सर्बजित डिसि सन्त नेताको रुपमा पनि चिनिन्छन । आजिबन अबिबाहित रहेका सर्बजित डिसिले पार्टिले हरेक नेता कार्यकर्ताको उचित ब्यबस्थापन गर्नुपर्ने बताउदै पार्टी भित्र एक ब्यक्तिलाइ एक जिम्मेवारि दिनुपर्ने कुरामा बिस्वास राखेर यस पटक पार्टिले आफुलाइ एक मौका दिनुपर्ने बताउदै पालिका अध्यक्ष पदको आकांक्षि रहेको स्विकार्नु हुन्छ । उनि नेपालि काङ्ग्रेसको १३औ र १४औ अधिबेशनमा दाङ क्षेत्र नं १ बाट क्षेत्रीय सभापतिपदको लागि भएको निर्बाचनमा असफल भएका थिए ।
गढवा गाउपालिकाको बागडोर सम्हाल्ने जिम्मा नेपालि काङ्ग्रेसले आफुलाइ नै दिनेमा अर्का अध्यक्ष पदका उम्मेद्वार आकांक्षि अनुराग यादव बताउछन । अनुराग यादव नेपालि काङ्ग्रेसले प्रदान गरेको तमाम जिम्मेवारि तथा दायित्व सहज रुपमा निर्वाह गर्दै आएका छन । उनि नेपालि काङ्ग्रेसको १४औं अधिबेशन बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए भने नेपालि काङ्ग्रेस क्षेत्र नं १ दाङको क्षेत्रीय सभापति भएर कुशल पुर्वक जिम्मेवारी बहन गरेका थिए । जनताले यसपटक गढवा गाउपालिकाको अध्यक्षको रुपमा आफुलाइ हेर्न खोजेको यादवको दावि छ ।
जनता अहिले चरम आर्थिक संकटको सामना गरिरहेको छ । त्यस्मा पनि स्थानिय सरकारले लादेको करमा पनि ब्यापक असमनता रहेकोले गाउपालिकालाइ आर्थिक रुपमा सम्बृद्ध बनाउने अभियानका साथ गाउपालिकाको अध्यक्ष पदमा पार्टीले मलाइ अगाडि सार्नु पर्ने अर्का आकांक्षि दयाराम यादव बताउछन । यादव कृषि बिकास बैंकको गढवाको शाखा प्रबन्धक पदमा रहेर काम गरेर अहिले रिटायर्ड भएर सामाजिक क्षेत्रमा क्रीयाशिल देखिएका छन । “पार्टीको निति निर्देशन अनुसार काम गर्ने बताउदै नया अनुहारलाइ नेतृत्वले साम्झिनेमा आफु बिस्वस्त रहेको दयाराम यादवले बताए ।
यसै गरेर गढवा गाउपालिकाको अध्यक्ष पदको अर्का आकांक्षि हुन हिरालाल चौधरी । हिरालाल चौधरी २०७४ सालको स्थानिय तहको चुनावमा तात्कालिन नेपाल लोकतान्त्रिक फोरम बाट गढवा गाउपालिकाको अध्यक्ष पदका उम्मेद्वार रहेर सम्मानजनक मत प्राप्त गरेका थिए । नेपालि लोकतान्त्रीक फोरम पार्टि नेपालि काङ्ग्रेसमा समायोजन भएपछि आफु जिल्ला उपसभापति पदको जिम्मेवारि कुसलतापुर्बक सम्हालिसकेको बताउदै पार्टीले समाबेशि हिसाबले आफुलाइ टिकट दिने कुरामा दुइ मत नरहेकोले आफु गढवा गाउपालिकाको अध्यक्ष पदको आकांक्षि रहेको बताए । अध्यक्ष पदको आकांक्षि धेरै देखिए पनि नेतृत्वले जस्लाइ टिकट दिएपनि सबै मिलेर गढवा गाउपालिकामा नेपालि काङ्ग्रेस लाइ जिताउन सबै लागि पर्ने सबै आकांक्षि उम्मेदवार हरु प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-