दुख हरण यादव
गढवा ३० पौष
नेकपा माओबादि केन्द्रको भातृ संगठन मधेसि रास्ट्रीय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारि)ले गाउपालिका स्तरिय बृहत भेला गर्ने भएको छ ।
मधेसी रास्ट्रीय मुक्ति मोर्चा नेपाल गढवा गाउपालिकाका संयोजक देवराज यादवको अध्यक्षतामा बसेको बैठकले यहि माघ १५ गते मधेसी रास्ट्रीय मुक्ति मोर्चा नेपाल क्रान्तिकारिको पहिलो गाउपालिका सम्मेलन गढवा गर्ने निर्णय गरेको छ ।
नेकपा माओबादिको हालै सम्पन्न सबै तहको अधिबेशन पछि भातृ संगठन हरुको गठन तथा आउदो स्थानिय तहको निर्बाचनलाइ लक्षित गरेर गाउपालिका, वडा ,गाउ तथा टोल स्तरिय कमिटि कार्य अन्तर्गत मधेसी रास्ट्रीय मुक्ति मोर्चा नेपालको बृहत सम्मेलनको आयोजना गरेको संयोजक देव राज यादवले बताउनु भयो ।
सम्मेलनलाइ सफल बनाउन मुक्ति मोर्चालेराम दास यादव संयोजक रहेको आर्थिक उप समिति,देव राज यादवको संयोजकत्वमा प्रचार प्रसार उप समिति, गठन गरेको छ । साथै बैठकले गढवा गाउपालिका वाड स्तरिय मधेसी रास्ट्रीय मुक्ति मोर्चा नेपाल क्रान्तिकारिको वडा संयोजक तथा उप संयोजक तोक्ने निर्णय गरेको छ । जस अन्तर्गत गढवा गाउपालिका वडा नं २को संयोजकमा गया प्रसाद यादव,उप संयोजकमा सन्तराम यादव,वडा नं ४ को संयोजकमा सुमिरन यादव,उप संयोजकमा अतिउल्लाह मनिहार,वडा नं ५ मा संयोजक सरिता यादव र उप संयोजक शालिक राम यादव,वडा नं ६ मा संयोजक सतगुर यादव,उप संयोजक गंगा यादव र वडा नं ८ को संयोजकमा सद्दाम सिद्दिकि र उप संयोजकमा फिरोज मियालाइ जिम्मेवारि तोक्ने निर्णय गरिएको गढवा गाउपालिका स्तरिय मधेसी रास्ट्रीय मुक्ति मोर्चा नेपाल ( क्रान्तिकारि)का उप संयोजक राम दास यादवले बताउनु भयो ।
बैठकले यहि माघ ८ गते वडा नं २,४ र ६ ,माघ १० गये वडा नं २ र ८ र माघ १२ गते वडा नं ५ मा मधेसी रास्ट्रीय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको भेला राख्ने निर्णय गरेको छ । मोर्चाले बृहत सम्मेलन कार्यक्रम लाइ सफल बनाउन सबै नेकपा माओबादि सम्बद्ध मधेशि समुदायलाइ आग्रह गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-