दुखहरण यादव
गढवा, ७ पौष
गढवा गाउपालिका वडा नं ४को प्रसेनीमा ३ महिने सिलाइ कटाइ तालिम गढवामा उद्घाटन गरिएको छ ।
गढवा गाउपालिका वडा नं ४ का अध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानको सभापतित्व र गढवागाउपालिकाका अध्यक्ष सहज राम यादवको प्रमुख आथित्यमा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले महिला हरुको सीप बिकाशको लागि सिलाइ कटाइ तालिमले अहम भुमिका निर्वाह गर्ने बताउदै दिगो जिबिकोपार्जनमा सहयोग गर्ने कुरामा जोड दिएका थिए ।
सिलाइ कटाइ तालिमको मेसिन चलाएर उद्घाटन गर्दै प्रमुख अथिती तथा गढवा गाउपालिकाको अध्यक्ष सहजराम यादवले जनताले चुनेका जनप्रतिनिधी हरुले ल्यायेका कार्यक्रम हरु सफल पार्ने जनताको कर्तव्य भएको बताउदै जनप्रतिनिधीको रुपमा पाएको भुमिका तथा जिम्मेवारी पूरा गरेको बताउनु भयो ।
त्यस्तै गरि गढवा गाउपालिकाकी उपाध्यक्ष शान्ती चौधरीले महिला तथा बालबालिकाको समृद्धि तथा बिकासको लागि वडा नं ४ ले नियमित रुपमा बजेट राखेर सम्बोधन गरेको बताउनु भयो ।साथै चौधरीले सिलाइ कटाइ तालिम सिकिसकेपछी त्यस्लाइ ब्यबहारमा लागू गर्नु पर्ने बताउनु भयो ।
गढवा गाउपालिका भित्र वडा नं ४ ले लगातार ४ बर्स देखि जनताको सेवा गर्दै महिला तथा बालबालिका क्षेत्रमा महिलाको सीप बिकास गर्दै ४ बर्सको दौरानमा १५० भन्दा बढी महिलालाइ सिपयुक्त बनाएको अध्यक्ष तथा कार्यक्रमका सभापती गुलाम मोहम्मद जागा मुसलमानले बताउनु भयो ।
वडा तर्फको लगभग ८ लाख बजेट रहेको सिलाइ कटाइ तालिममा २० जना सहभागीलाई सिलाइ मेसिन सहित तालिम सिकाउने योजना रहेपनी मुसलमानले ३५ जना सहभागी गराएर गुनासो रहित तरिकाले सिलाइ कटाइ तालिम सम्पन्न गर्ने योजना रहेको बताउदै राम्रो काम गर्दा पनि समाजका सबैको चित्त बुझाउन नसकेको बताउदै म माथी निराधार तरिकाले लगाइएको आरोप प्रमाणित गरे अध्यक्ष पदबाट राजिनामा दिने बताउनु भयो ।
कार्यक्रममा गढवागाउपलिका वडा नं ४ का सचिव पदम बहादुर थापा,सदस्यहरु कलाधर पोख्रेल,धनिराम यादव,त्रिपनि दमाई,जनता समाजबादी पार्टीका गाउपालिका अध्यक्ष महबुब अलि मुसलमान,प्रधानमन्त्री स्वरोजकार कार्यक्रमका संयोजक अशोक कुमार यादव,राधिका थापा,समिता चौधरी समाजसेवि राम धिरज यादव,कर्मचारी माया नेपाली गढवा गाउपालिकाका प्रेस संयोजक शिव राज पन्थी लगायतको सहभागिता रहेको थियो ।
तालिमको प्रशिक्षकमा गोते परियार र शिवा चौधरी रहनु भएको छ ।
वडा सदस्य कौशिल्या चौधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन पत्रकार दुख हरण यादवले गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-