दुख हरण यादव
गढवा, २० श्रावण
दाङको गढवा गाउपालिकामा रहेको लगभग ३२ वटा सहकारीका सहकारीकर्मिलाइ गढवा गाउपालिका स्तरिय सहकारी सन्जालले दक्ष बनाउने उद्देश्यले ३ दिने आधारभुत सहकारी तालिम सम्पन्न गरेको छ ।
सहकारी संजाल गढवाकाे आयाेजना तथा गढवा गाँउपालिका सहकारी शाखाकाे समन्वयमा तालिम सम्पन्न भएकाे हाे ।
सहकारीका अध्यक्ष,ब्यबस्थापक र लेखा सुपरिबेक्षण समितिका संयोजकको क्षमता अभिबृद्धिको लागि सहकारीका अध्यक्ष, व्यवस्थापक र लेखा सुपरिवेक्षण समितिकाे काम कर्तव्य र अधिकार, सहकारीका खाताहरू, सहकारी व्यवस्थापनमा रहने भुमिका, काेपाेमिस, पर्लस, सम्पत्ति शुद्धीकरण लगायतका बिसयमा प्रसिक्षण दिईएकाे संजालका अध्यक्ष बेगम गहतराजले बताउनु भयो ।
सहकारी सम्बन्धि आधारभुत तालिमले सहकारीको मुल्य मान्यता र सिद्धान्तमा रहेर सहकारी सन्चालन गर्न मद्दत मिल्ने तालिमका प्रशिक्षक ओम बसेलले बताउनु भयो ।
?
तालिमकाे प्रशिक्षकमा संजालका अध्यक्ष बेगम गहतराज, आयाम बहुउद्देश्यीय सहकारी संस्था दाङका अध्यक्ष ओम प्रकाश बसेल, तेजस्वि मातृभुमि बचत तथा ऋण सहकारीका, ढकाल,चुरे क्षेत्र बचत तथा ऋण सहकारीका रम्भुनाथ चाैधरी र अभियान ऋण तथा बचत सहकारीका देव प्रकाश चाैधरी रहनु भएकाे थियाे ।
तालिमको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीको दिगो ब्यबस्थापन र आर्थिक पारदर्शितामा कायम गर्नमा यस तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका थिए ।
गढवा सहकारी सन्जालका अध्यक्ष बेगम गहतराजको सभापतित्वमा सन्चालन भएको तालिमको सहजिकरण सन्जालका सचिव देव प्रकाश चौधरीले गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-