राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशको दाङ घोराहीमा जारी निर्वाचनमा तीन वटा मत खस्न बाँकी छन् ।
ति तीनवटै मत स्थानीय तहका हुन् । ति मध्ये बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल सम्शेर राणाले मतदान बहिस्कार गरेका छन् । उनी राप्रपाको कमल थापा निकट हुन् । राप्रपाले बागमतिमा नेकपा एमालेलाई समर्थन जनाएको थियो । तर, लुम्बिनीका सन्दर्भमा केन्द्रबाट कुनै जानकारी नआएको उनले बताए ।
त्यस्तै अन्य दुई जना काठमाडौंमा आईसियुमा उपचाररत रहेको बुझिएको लुम्बिनी प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
प्रदेशसभा सदस्य सबै जनाको मत खसेको छ । उनका अनुसार प्रदेशको ८३ र स्थानीय तहको २१४ मत खसिसकेको छ । यो साढे १ बजेसम्मको अपडेट हो ।
प्रतिक्रिया लेख्नुहोस्:-