दुख हरण यादव
असार २९ गढवा
२०६६ साल देखि महिला समुहमा आवद्ध रहेकि झारबैरा महिला समुहकि सदस्य उमा कुमारी डाङिको कोरोनाको कारण अकालमा भएको मुत्यु पश्चात उहाको श्रीमान रोवर बहादुर डाङीलाई एक कार्यक्रम को आयोजना गरि बिमा रकम हस्तान्तरण गरिएको हो । समूह मार्फत ऋण लिएकि डांगिको श्रीमानलाई बिमा वाफतको ऋण मिनाहा सहित ६ लाख ५० हजार रुपैया बिमा बाफतको रकम हस्तान्तरण गरिएको हो l
रकम हस्तान्तरण गर्दै प्रमुख अथिती राहुलदेव चौधरीले कोरोना महामारिको कारण अकाल मृत्यु बरण गरेकी डांगीको परिवारलाई आर्थिक रुपमा सहयोग हुने बताउदै निर्धन उत्थान लघु बित्त गढवा र रिलायलवल लाइफ इन्स्योरेन्स कम्पनीलाई समयमै पिडितको घरमा आएर सेवा दिनु भएकोमा धन्यबाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष राहुल देव चौधरीले दुखमा परेकोलाई थोरै भए पनि सहयोग गरेकोमा आभार ब्यक्त गर्दै अन्य संस्थाहरुले ऋणिको मृत्यु हुदा किरिया खर्च दिने गरेको सुनेको तर यस संस्थाले ऋण मिनाहाका साथै बिमा मार्फत रकम हस्तान्तरण गर्दो रहेछ यो राम्रो पक्ष भएको बताए ।
शाखा प्रमुख नारायण भुर्तेलले बिमा रकमले मृतक तथा मृतक परिवारको सबै ऋण मिनाहा गरिएको साथै यस लघुबित्तको सदस्य भइ कारोवार गरेको समूह सदस्यहरु लाई १३० देखि २३० प्रतिशत सम्म बिमा सुबिधा रहेको बताउदै निर्धन लघुवित्त वित्तीय सस्थाले गढवामा बिगत ३० बर्ष देखि ग्रामीण क्षेत्रका गरिब तथा आर्थिक अवस्था कमजोर रहेको बर्गलाई गाउँघरको साहुहरुको चर्को ब्याज बाट जोगाई सहुलियत दरमा लगानी गर्दै आईरहेको वताउनु भयो । हाल निर्धन लघुवित्तले उपभोक्तालाई ऋण ,बचत ,बिमा र रकमान्तर गरि मुख्य ४ वटा सुविधा दिईरहेको वताउनु भयो । साथै भुर्तेलले सदस्य महिलालाई २ पटक सम्म १६०० को दरले सुत्केरी भत्ता सुविधा पनि दिने गरेको बताउनु भयो ।
कोरोनाका कारण गत बैशाख २९ गते श्रीमतिको अकालमा मृत्यु भए पछी लिएको ऋण बिमा मार्फत मिनाहा भएको र किस्ता तिरेको रकम समेत फिर्ता पाएकोमा संस्था प्रति धेरै आभारी भएको डांगीले बताए ।
राहत रकम बुझ्दै मृतकका श्रीमान रोबर बहादुर डांगिले ऋण लिए बापतको गरेको बिमाले लघुबित्त संस्थाले उक्त रकम मिनाहा गरेको हुनाले आफूहरुलाई असाध्य खुशी लागेको र थोरै भए पनि राहत महशुस भएको रोबर बहादुर डांगीले बताए ।
बिमा रकम हस्तान्तरण कार्यक्रममा मृतकका परिवार, स्थानिय भद्र भलाद्मी,पत्रकार,महिला समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।
निर्धन लघुवित्त वित्तीय संस्थाले गरेको महामारीको समयमा सदस्य तथा समाजका माक्स,सेनिटाईजर तथा प्राकृतिक विपत्तिमा सहयोग गर्दै आएको छ ।
निर्धन लघुवित्त वित्तीय संस्थाका कर्मचारी रोम हर्ष पान्डेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण लघुवित्तका यम बहादुर महराले गर्नु भएको थियोे
प्रतिक्रिया लेख्नुहोस्:-