बिपद ब्यबस्थापन समितिले मेसिनरी सामग्रि जेसिबी,स्काभेटर लगाएर रातदिन लकडाउनको मौका छोपेर अबैध उत्खनन् गर्न अनुमती दिएको थियो । ठुलाठुला खाल्डा बनाएर मेसिनरि औजारसहित सामग्रिको सहयोगमा सयौं टिप्पर लगाएर अबैध उत्खनन् भइरहेको कुरा सन्चारमाध्यममा समाचार आएको थियो ।
जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले अबैध उत्खनन् तत्काल रोक्न र मेसिनरी सामग्रि प्रयोगमा पनि रोक लगाउन चुरेले पत्र पठाएर निर्देशन दिइसकेको बताए । चुरेले पत्र लमहि नगरपालीका र गढवा गाउँपालीकालाइ पठाइसकेको चुरेका एक जना अधिकारिले जानकारी दिए । चुरेको टाेलिले आफ्नो तर्फबाट अनुगमन जारी राख्ने ती कर्मचारीको भनाइ छ ।
जिल्ला समन्वय समिति दाङलाई पनि चुरेले पत्र पठाएर अबैध उत्खनन्मा मेसिन नलगाउन निर्देशन गर्दै कडा कारबाहि गर्ने चेतावानी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-