तेजप्रसाद खनाल लमही दाङ
आऊ न साथी मिलेर काम गरे देश बन्छ
मेहनतका पसिना हामी छरे देश बन्छ।
एउटा इट्टा तिमी देऊ एउटा म दिउँला
सबैले थोपा थोपा जुटाई भरे देश बन्छ।
सबै सुखी खुसी र संवृद्ध बनेर देशमा
कसैको आँखाबाट आँसु नझरे देश बन्छ।
शिक्षा स्वास्थ्य अनि रोजगारीकै त छ समस्या
जुटी आपसमा यी समस्या टरे देश बन्छ।
युवा नै देशका खम्बा अब अघि बढ्नुपर्छ
विकासको लक्ष्यमा युवा अघि सरे देश बन्छ। ।
प्रतिक्रिया लेख्नुहोस्:-