दाङ – गोरखा मोडेल सेकेण्डरी स्कुलले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शुक्रबार विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुसंग कुराकानी गर्दै स्कुलका प्राचार्य लोकमान रिजालले देउखुरी क्षेत्रमा गोरखा स्कुल स्थापनासंगै समग्र देउखुरी क्षेत्रको शिक्षामा धेरै सुधार भएको दावि गर्नु भयो ।
देउखुरी क्षेत्रलाई शिक्षाको हव बनाउनका निम्ति सबैको सहयोग अपरिहार्य भएको कुरालाई जोड दिंदै शिक्षालाई सुधार गर्ने मुख्य लक्ष्यका साथ स्कुल स्थापना गरेको प्राचार्य रिजालको भनाई छ ।
गोरखा मोडेल सेकेण्डरी स्कुल स्थापना हुनु अघि यस क्षेत्रमा तीन वटा स्कुलले विज्ञान संकायमा अध्यापन गराउंदै आएपनि नतिजा शुन्य रहेको बताउदै आफुहरुले उक्त नतिजालाई पछि पार्दै अगाढी बढ्न सफल भएको बताउनु भयो ।
केहि वर्ष अगाडी सम्म उच्च शिक्षा पढ्नका लागि देउखुरीका विद्यार्थीहरु दाङको सदरमुकाम घोराही र छिमेकी जिल्लामा जानु पर्ने बाध्यता रहेको थियो ।
अहिले रोल्पा, रुकुम, प्युठान, अर्घाखाँची लगायतका जिल्लाबाट गोरखा स्कुलमा अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् । गोरखा मोडेल सेकेण्डरी स्कुलमा विज्ञान तथा व्यवस्थापन संकायमा झन्डै ९५ प्रतिशत भन्दा विद्यार्थीहरु उतिर्ण भएको प्राचार्य रिजालले जानकारी गराउनु भएको छ ।
विद्यालयले शैक्षिक गुणस्तर कायम राख्नका लागि विद्यार्थी र उनीहरुका अभिभावकसंग निरन्तर सहकार्य, समन्यव गर्नु पर्ने, देउखुरी क्षेत्रको विकास हुनका लागि शिक्षामा सबैले ध्यान दिन जरुरी रहेको उपस्थित पत्रकारहरुको भनाई छ । विद्यालयका बालबालिकालाई मिडियामैत्री गराउन पनि पत्रकारहरुको विद्यालयलाई सुझाव दिएका छन् । अन्तरक्रिया कार्यक्रममा विद्यालयका तर्फबाट प्राचार्य लोकमान रिजाल, व्यवस्थापन संकाय प्रमुख प्रकाश ओली, प्रकाश रिजाल, पत्रकार केपी घिमिरे, लिला शाह, दशरथ घिमिरे, दुखहरण यादव लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो
प्रतिक्रिया लेख्नुहोस्:-