दुख हरण यादव
चैत्र ५ गढवा
गढवा बचत तथा ऋण सहकारीको १५औं बार्सिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम गढवामा सम्पन्न भएको छ ।
सहकारी सन्चालक समितिका अध्यक्ष युवराज पोख्रेलको सभाध्यक्षता र संघिय सांसद मेटमणि चौधरीको प्रमुख आथित्यमा शनिबार संस्थाको आफनै भवनमा साधारण सभा,भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
नव निर्मित भवनको उद्घाटन गर्दै संघिय सांसद मेटमणि चौधरीले पछिल्लो समयमा लघुबित्त तथा सहकारीहरु आर्थिक संकटको सामना गरिरहेको बेला गढवाको गढवा सहकारीले भवन निर्माण गरि जनता तथा सेवाग्राहिलाइ कुसलता पुर्वक सेवा दिइरहेको कार्य आफैमा सह्रानिय रहेको बताउदै सहकारीको नियम सिद्धान्त भित्र रहेर पारदर्शिता र आपसि सहकार्य गरेर कार्य गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाका प्रमुख नबिन ओलि,सहकारीका सल्लाहकार भरत राज पाण्डेय तेजस्वि मातृभुमि ऋण तथा बचत सहकारीका जंगमान खडका,कृष्ण राज पान्डे,राम बिराज यादव लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
सहकारीको साधारण सभाको अवसरमा सेवा ग्राहिलाइ सम्मान गरिएको छ । जस्मा सहकारीको मुल्य मान्यता अनुसार उत्कृष्ट बचत गर्ने बचतकर्ता नेत्र बिनोद शर्मा,समयमा किस्ता ब्याज बुझाए बापत उत्कृष्ट ऋणको कारोबार गर्ने कृष्ण देबि बस्नेत,उत्कृष्ट कार्य सम्पादन गरेकोमा कर्मचारी अनिता शर्मा र संस्थागत योगदान दिएका अशोक केसि, लिख राम कुमाल,नरेन्द्र बहादुर थापालाइ सम्मान गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-