सपना पौडेल
फाल्गुन २४ गढवा
गढवा गाउपालिकाका २ दर्जन बढि संघ सस्था मिलेर नारी दिवस मनाएका छन । देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र को आयोजना गढवाका स्थानियस्तरमा सेवा प्रवाह गरिरहेका २४ वटा संघ संस्थाको सह आयोजना र रिड नेपालको आर्थिक सहयोगमा ११३औ अन्तरास्ट्रिय नारी दिवस कार्यक्रम बिभिन्न कार्यक्रम गरी मनाएको छन।
पुस्तकालयका अध्यक्ष ओभा पाठकको सभापतित्व,नेपाल रास्ट्रीय मानव अधिकार रक्षक सन्जालकि केन्द्रिय सदस्य रमा कार्किको प्रमुख आथित्य र गढवा गाउपालिका वडा नं ६ का अध्यक्ष बिरबहादुर आलेको बिशिस्ट आथित्यमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नारीको सम्मान र समान अधिकारले मात्र समाज अघि बढ्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अथितिको आशन बाट बोल्दै संजालको केन्द्रिय सदस्य रमा कार्किले महिला अधिकारकर्मि हरुले महिलाको हक हित,अधिकार सुनिस्चितताको लागि महिलाको पक्षमा वकालत गर्नु पर्ने बताउदै स्थानिय सरकारले पनि नारीको महत्व बुझेर त्यसै अनुकुल नियम कानुन हरु बनाउन अनुरोध गर्नु भयो ।
त्यसै गरि कार्यक्रममा बन तथा बाताबरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तले हरेक स्थानमा नारीहरु जिम्मेवार भएर आफ्नो जिम्मेवारी पुरा गर्दै गए पनि सरकारले महिला हक अधिकारको लागि बनाएको कानुन पुर्ण रुपले कार्यन्वयन न भएको बताउनु भयो ।
त्यसै गरि मन्तव्य दिदै गढवा उद्धोग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले ११३ अन्तरास्ट्रिय महिला दिवस कार्यक्रमको शुभकामना दिदै घर घरमा नारीको सम्मान भए मात्र समृद्ध समाजको परिकल्पना गर्न सक्ने बताउनु भयो ।
महिला दिवसको अवसरमा महिलाहरुलाइ कुर्सि दौड,बक्तृत्वकला तथा तातो आलु खेल खेलाइएको थियो । यसै गरी खेलमा प्रथम द्वितिय तृतित आउने सहभागिलाइ प्रमुख अतिथि तथा अतिथि द्वारा पुरुस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो ।
बक्तृत्वकला प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्ने सरस्वति माबि बिद्धानगरकि शिक्षिका सिता यादव,माबि चैनपुरकि शिक्षिका प्रतिमा केसि र शिक्षिका चुमा न्यौपानेलाइ धन्यबाद सहित सम्मान ब्यक्त गरिएको थियो ।
कार्यक्रममा रास्ट्रीय जनमोर्चाका गुणनिधि शर्मा,नेकपा एमालेका मधा न्यौपाने,नेकपा माओबादि केन्द्रकि गिता यादव,रोटरी क्लब लमहिका शंकर पान्डे,सिपि नेपालकि सिता कुमाल,रिया चौधरी दक्षिण देउखुरी अधिकार मन्चकि पुजा चौधरी,स्वान नेपालकि सोनि कुमाल,रेडियो साझा आवाजका दुख हरण यादव,नेपाल इन्द्र फाउन्डेसनका सुबाष चौधरी,नव स्वर्गाद्वारी महिला समाजकि राम कुमारी यादव,चेतनशिल महिला सहकारीकि उत्तम चौधरी,नेपाल रेडक्रस सोसाइटीका महेश अधिकारी,ग्रीन भ्यालि स्कुल फ्रेन्ड्स क्लबका सन्जय आले,शान्ति पुनर्स्थापना गृह कोइलाबासकि प्रीसा चौधरी,मुक्त कम्लहरी बिकाशमन्चकि ज्ञानु खड्का,नेपाल अवधि संस्कृति संरक्षण प्रतिस्ठानकि अध्यक्ष राम गोपाल यादव,यादव समाज सेवा संघका निबर्तमान केन्द्रिय अध्यक्ष भगवान दास यादव,गढवा होटल ब्यबसायि संघका दयाराम थापा,गढवा पन्चै बाजा संरक्षण केन्द्रका रेसम बहादुर शाहि,गढवा खानेपानीका नारायण पन्डित,दलित शसक्तिकरण अभियानका चन्द्र बहादुर नेपालि,मुस्लिम एकता समाज केन्द्र लगायतका संघ सस्था तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-