दुख हरण यादव
फाल्गुन २५
गढवा लैङिक समनताको पन्क्तिमा बलियो आधार,सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार भन्ने मुल नाराका साथ गढवा गाउपालिकाले ११३औ अन्तर्राष्ट्रिय महिला दिवस गढवा गाउपालिका वडा नं ४को कार्यालयमा सम्पन्न गरेको छ ।
गढवा गाउपालिका वडा नं ४ कि महिला सदस्य रमा भण्डारीको सभापतित्व र गढवा गाउपालिकाकि उपाध्यक्ष शारदा चौधरीको प्रमुख आथित्य र प्रशासकिय अधिकृत आशिस चौधरीको बिशिस्ट आथित्यमा बिभिन्न कार्याक्रम गरी नारी दिवस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि शारदा चौधरीले बर्तमान संबिधानले महिला हरुको हक हितको लागि प्रयाप्त ब्यबस्था गरेको भएपनि यस्को कार्यन्वयन नभएको गुनासो गर्दै अधिकारकै नाममा महिला हरु आफ्नो कर्तव्य बिर्सिन नहुने बताउनु भयो ।
उहाले अहिलेको समय प्रबिधिको युग भएकोले सम्पुर्ण महिलाहरु यस्को सदुपयोग गरेर दिगो जिबिकोपार्जन गर्नको लागि सदुपयोग गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी बिशिस्ट अथिति तथा गढवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत आशिस चौधरीले आफ्नो जिबनको भोगाइ सुनाउदै अहिलेको टिकटक,युट्युब,फेसबुक बाट शिक्षा आर्जन गरी संचार प्रबिधिको उचित प्रयोग गर्नु पर्ने बताउदै सन्देशमुलक तथा बिद्धार्थिलाइ उत्प्रेरित गर्ने किसिमको गित प्रस्तुत भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-